Logo
Logo

रास्वपा महाधिवेशन : प्रतिनिधिहरूलाई परिचयपत्र वितरण सुरु 


504
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण कार्य सुरु भएको छ ।

The current image has no alternative text. The file name is: rrr.jpg

पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले  प्रतिनिधिहरूलाई परिचयपत्र वितरण गरिरहेका छन् । परिचयपत्र वितरण सकिएपछि आज दिउँसो १ बजेदेखि बन्दसत्र सुरु गर्ने तयारी गरिएको छ । बन्दसत्रको बाँकी कार्यसूचीबारे छलफल भइरहेको छ । 

चितवनमा जारी महाधिवेशनमा देशभरबाट आएका करिब ४५ सय प्रतिनिधिहरूको सहभागिता रहेको छ । महाधिवेशन आइतबारदेखि भरतपुरमा जारी छ । 

प्रतिक्रिया दिनुहोस्