Logo
Logo

कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई ५ दिनभित्र भवन खाली गर्न अल्टिमेटम


1.7k
Shares

काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूलाई ५ दिनभित्र भवन खाली गर्न निर्देशन दिएको छ । सोमबारदेखि शुक्रवारसम्म स्व: व्यवस्थापन गरी कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न भन्दै समितिले सूचना जारी गरेको हो ।

The current image has no alternative text. The file name is: holding-center.jpg

कीर्तिपुर होल्डिङ सेन्टरमा ६८ परिवारका २०३ जना बस्दै आएका छन् । प्रत्येक परिवारलाई स्व: व्यवस्थापनका लागि २५ हजार रुपैयाँ दिएर खाली गर्न भनिएको हो ।  उनीहरूलाई त्यहाँबाट हट्न भन्दा पहिला उनीहरूको खातामा स्वस् व्यवस्थापनका लागि पैसा हालिदिइने र स्वस् व्यवस्थापन गर्न ५ दिन समय दिइएको छ । 

राहत प्राप्त गर्न खाता नम्बर सहितको निवेदन पेस गर्न भनिएको छ । निवेदन प्राप्त हुनसाथ स्व: व्यवस्थापनका लागि २५ हजार दिइने र त्यसपछि वास्तविक सुकुम्वासी प्रमाणित भएमा मासिक १५ हजार  दिइने छ । 

२०८३ वैशाख १२, १३, १८, १९ र २० गते काठमाडौं उपत्यका नदीका किनाराका विभिन्न जोखिमयुक्त बस्तीहरू हटाइएको थियो । उक्त बस्तीहरू हटाइएपछि २ हजार ६०८ जनाले सुकुम्वासीको सूचिमा नाम दर्ता गराएका छन् ।

सरकारको निर्णयअनुसार विभिन्न होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई स्व: व्यवस्थापन गर्न मासिक २५ हजार रुपैयाँ दिने भनिएको छ । सोही रकम दिएर होल्डिङ सेन्टरबाट पनि हटाउन थालिएको हो ।

सुरुमा कीर्तिपुर होल्डिङ सेन्टरबाट हटाउन सूचना जारी गरिएको हो । सुरूआती चरणमा विभिन्न होल्डिङ सेन्टरहमा बसेकालाई स्वस् व्यवस्थापन गराउने योजना सरकारको रहेको छ । 

प्रतिक्रिया दिनुहोस्