Logo
Logo

११ जिल्लामा फैलियो बर्डफ्लु, काठमाडौं उपत्यकामा उच्च जोखिम


0
Shares

काठमाडौं । देशका विभिन्न ११ जिल्लामा बर्डफ्लु सङ्क्रमण फैलिएको छ । पशु सेवा विभागका अनुसार ४ चैत २०८२ मा मोरङबाट सुरु भएको यो सङ्क्रमण हाल झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लाका ८२ स्थानमा पुष्टि भइसकेको छ ।

The current image has no alternative text. The file name is: khukhura.jpg

सङ्क्रमण नियन्त्रणका लागि विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरेको छ । हालसम्म सङ्क्रमित क्षेत्रबाट ५ लाख ६९ हजार ८५८ पन्छी नष्ट गरिएका छन् भने ९ लाख ८९ हजार ३१३ अन्डा र १ लाख ९५ हजार ४८५ किलो दाना पनि सुरक्षित रूपमा नष्ट गरिएको छ ।

कोशी प्रदेशमा सङ्क्रमण केही नियन्त्रणमा आए पनि काठमाडौं उपत्यकामा जोखिम उच्च छ । विभागले पन्छीपालक किसानलाई जैविक सुरक्षा कडाइका साथ अपनाउन, असामान्य लक्षण देखिए तुरुन्त पशु सेवा केन्द्रमा खबर गर्न र पुराना क्रेट तथा ढुवानी साधन निसंक्रमण गरेर मात्र प्रयोग गर्न अपिल गरेको छ ।

बर्डफ्लुका साथै रानीखेत, ई–कोलाइ जस्ता अन्य रोगबाट पनि पन्छी मर्ने क्रम बढेको छ । विभागले किसानलाई नियमित खोप लगाउन र सङ्क्रमण नियन्त्रणमा सबैको सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्