काठमाडौं । नेपाली कांग्रेसले सदस्यता वितरणका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । सदस्यता व्यवस्थापन केन्द्रीय समितिले महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणका लागि सबै जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाइएको हो ।

जिल्लामा खटाइएका प्रतिनिधिहरूलाई सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउने जिम्मा दिइएको छ । नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ केन्द्रीय प्रतिनिधि खटाइएको हो ।
तोकिएका केन्द्रीय प्रतिनिधिहरूलाई असार २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको छ ।














