Logo
Logo

रास्वपा महाधिवेशनः दुई महामन्त्रीका लागि ६ आकांक्षी, को-को छन् आकांक्षीहरू ?


1.6k
Shares

चितवन। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम ऐतिहासिक महाधिवेशन चितवनमा जारी छ। महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचनका औपचारिक कार्यक्रमहरू सुरु भइसकेका छन्।

पार्टीको केन्द्रीय नेतृत्व चयनका क्रममा सभापति पदमा रवि लामिछाने र वरिष्ठ नेतामा बालेन शाह निर्विरोध निर्वाचित भइसकेका छन्। शीर्ष दुई पद सर्वसम्मत भए पनि अन्य पदहरूमा भने आकांक्षीहरूको लुछाचुँडी र लर्को देखिएको छ। विशेष गरी पार्टीको शक्तिशाली मानिने महामन्त्री पदका लागि ६ जना नेताहरू चुनावी मैदानमा उत्रिएका छन्। संगठन विभाग प्रमुखको समेत जिम्मेवारी रहने उक्त पदका लागि वर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीसहितका नेताहरू बलिया दाबेदार देखिएका हुन्।

रास्वपाको विधानअनुसार दुई जना महामन्त्री हुने व्यवस्था छ। जसका लागि हालका सहमहामन्त्री विपिन आचार्य, नेताहरू शिशिर खनाल, मनिष झा, गणेश पराजुली र भुवदेव शाहले आकांक्षा देखाएका छन्। आकांक्षीमध्ये भुवदेव शाहलाई भने पछि मनोनित कोटाबाट महामन्त्री बनाउने आन्तरिक गृहकार्य समेत भइरहेको बुझिएको छ।

बाँकी पदहरूमा नेतृत्व चयन गर्नका लागि आजै मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्