Logo
Logo

निर्वाचन कार्यतालिका संशोधन, बेलुका साढे ८ मा केन्द्रीय सदस्यका निम्ति मतदान


441
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत चौथोपटक निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । बुधबार दिउँसो रास्वपा निर्वाचन आयोगले निर्वाचन कार्यतालिका संशोधन गरेको हो ।

आयोगले केन्द्रीय सदस्यका उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिसकेको छ । आयोगका अनुसार, बेलुका ५ बजे उमेदवारविरुद्ध दावीविरोध गर्ने समय तोकिएको छ । बेलुका ८ः३० बजे पहिलो चरण (केन्द्रीय सदस्य)का निम्ति मतदान सुरु हुने आयोगले जनाएको छ । मतदान सम्पन्न भएको दुई घण्टामा मतपरिणाम घोषणा गरिने जनाइएको छ ।

९९ केन्द्रीय सदस्यका निम्ति ३८४ जना उमेदवार छन् । केन्द्रीय सदस्यको निर्वाचनपछि पदाधिकारीको मतदान प्रक्रिया सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्