Logo
Logo

भेनेजुएलामा ७.१ रेक्टर स्केलको भूकम्प, राहत-उद्धारको काम जारी


567
Shares

काठमाडौँ । भेनेजुएलाको उत्तर-मध्य क्षेत्रमा बिहीबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पका धक्का राजधानी कराकाससहित देशका विभिन्न क्षेत्रमा महसुस गरिएको छ भने छिमेकी कोलम्बियामा पनि कम्पन अनुभव गरिएको बताइएको छ ।

The current image has no alternative text. The file name is: venijuyala.jpg

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्पको तीव्रता ७.१ मापन गरिएको छ । भूकम्पको केन्द्र मोन्टाल्बान नजिक जमिनको सतहबाट करिब १३ किलोमिटर गहिराइमा रहेको थियो । कम गहिराइमा केन्द्र भएकाले भूकम्पका धक्का निकै बलियो रूपमा महसुस भएका थिए ।

भूकम्पपछि कराकासमा त्रासको अवस्था सिर्जना भएको थियो । भवनहरू हल्लिन थालेपछि मानिसहरू घर तथा कार्यालयबाट बाहिर निस्किएका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार केही भवनका भित्तामा चिरा परेका छन् भने प्रवेशद्वारमा जडान गरिएका सिसा फुटेका छन् ।

भूकम्प लगत्तै अमेरिकी सुनामी चेतावनी प्रणालीले पुएर्टो रिकोका लागि सुनामीको जोखिम सम्बन्धी चेतावनी जारी गरेको छ । साथै केही टापु क्षेत्रहरूका लागि पनि सतर्कता अपनाउन आग्रह गरिएको छ ।

अधिकारीहरूले भेनेजुएलाको तटीय क्षेत्र नजिक रहेका अरुबा, कुरासाओ र बोनेयर टापुहरूमा समेत खतरनाक समुद्री छाल आउन सक्ने सम्भावना रहेको बताएका छन् । विपद् व्यवस्थापन तथा निगरानी निकायहरूले अवस्थाको निरन्तर अनुगमन गरिरहेका छन्।

भूकम्पपछि पराकम्पन आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूले सतर्क रहन आग्रह गरेका छन् ।हालसम्म मानवीय क्षति भएको कुनै जानकारी प्राप्त भएको छैन । प्रभावित क्षेत्र र भौतिक क्षतिको विवरण संकलन तथा मूल्याङ्कन गर्ने काम जारी रहेको जनाइएको छ । अहिले पनि भूकम्पपछि कैयौँ परकम्पन आइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । सरकारले अहिले ५ सय भन्दा बढी आपतकालीन उद्धारकर्ताले घरमा फसेकाको उद्धार गरिरहेको बताएको छ ।  

प्रतिक्रिया दिनुहोस्