Logo
Logo

स्वर्णिम वाग्लेले प्रवासबाट शतप्रतिशत मत


945
Shares

 काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भएको मतदानमा प्रवासबाट डा.स्वर्णिम वाग्लेले शत प्रतिशत मत प्राप्त भएको छ । 

The current image has no alternative text. The file name is: wakle-.jpg

जारी महाधिवशेनमा केन्द्रीय सदस्यका लागि भएको मतदानमा प्रवासबाट १७० प्रतिनिधिमध्ये ४९ मत खसेको थियो । प्रवासबाट सर्वाधिक मत पाउनेमा स्वर्णिम वाग्ले एक्लो रहेका छन् ।

प्रवासका प्रतिनिधिले समेत मतदान गरिसकेकोले अबको केहीबेरमा मतपरिणाम सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

रास्वपाको संशोधित विधान अनुसार १५८ सदस्यीय केन्द्रीय सदस्य रहनेछन् । जसमध्ये ९९ जना मतदानबाट निर्वाचित हुने छन् । बाँकीमध्ये ५१ जना सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् भने ७ प्रदेशका सभापति पदेन सदस्य हुने भएकाले स्वतः केन्द्रीय सदस्य रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्