Logo
Logo

महानिर्देशक माथि अख्तियारको निगरानी


1.3k
Shares

काठमाडौं । भन्सार विभागका महानिर्देशक श्याम भण्डारीको क्रियाकलापले  रसुवा भन्सार कार्यालयमा जेठ १७ गतेदेखि रोकिएका ईभी गाडीहरू अहिलेसम्म छुटेका छैनन् । बजेट भाषण अगाडी र पछाडि विधिवत् रूपमा भन्सार जाँच पास गरी आएका सवारी साधन लामो समय देखि भन्सारमै रोकिँदा व्यवसायीहरू मर्कामा परेका छन् ।  रसुवा भन्सार कार्यालयमाथि विभागले गरेको अनुसन्धान प्रतिवेदन भण्डारीले बुझी सक्दा पनि उक्त प्रतिवेदन सार्वजनिक नगर्नु र भन्सार जाँच पास भएर रोकिएका ईभी गाडीहरू नछाड्नुले महानिर्देशक भण्डारीको नियत माथि शङ्का भएको भन्सार कार्यालयका कर्मचारीले आरोप लगाएका छन् ।

The current image has no alternative text. The file name is: shayam-bhandari.jpg

उत्तरी नाकाबाट आयात भएका ईभी सवारी साधन माथि गरिएको यो हर्कतले छिमेकी राष्ट्र चीन प्रतिको नेपालको व्यवहार पनि प्रस्ट भएको छ ।  चीनबाट आयात गरिएका ईभी सवारीसाधनलाइ नेपाली बजारमा निरुत्साहित गर्ने उद्देश्यले भन्सार जाँच पास भएर आएका ईभी गाडीहरू अहिले सम्म रोकिएका हुन् । 

जबकि, सरकारले दक्षिण नाकाबाट आएका ईभी गाडीहरूमाथि भन्सारमा कुनै प्रकारको अवरोध नगरी निर्बाध रूपमा छाड्नुले निर्देशक भण्डारीको नियतमाथि शङ्का गरिएको छ । भन्सार विभागसँग मात्र सुरक्षित रहने आसाकुडा सप्टवेरर  रहस्यमय रूपमा बाहिरिनुले महानिर्देशक भण्डारी नैतिक सङ्कटमा परेका छन् । यस विषयमा अख्तियार अनुसन्धान दुरुपयोग आयोगले भण्डारी माथि छानबिन सुरु गरेको बताएको छ  स्रोतका अनुसार जेठ १५ गते अगाडी र पछाडि जाँच पास भएका २५० वटा विभिन्न ब्रान्डका ईभी गाडीहरू अहिलेसम्म रसुवा नामा रोकेर राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्