Logo
Logo

रास्वपा सहमहामन्त्रीमा ढकाल, डाँगी र शाह निर्वाचित


252
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन्।

चितवनको पहिलो महाधिवेशनबाट उनीहरू सहमहामन्त्री पदमा निर्वाचित भएका हुन्। सहमहामन्त्री खुलातर्फ ढकाल र शाह विजयी भएका हुन् भने महिला कोटाबाट निशा डाँगी निर्वाचित भएकी हुन्।

निर्वाचित ढकाल चितवन क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् भने शाह र डाँगी रास्वपाका समानुपातिक सांसद हुन्।

प्रतिक्रिया दिनुहोस्