Logo
Logo

माछापुच्छ्रे बैङ्कलाई उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कांस्य पुरस्कार


0
Shares

काठमाडौं । माछापुच्छ्रे बैङ्क लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले प्रदान गर्ने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अर्वा (एनबीपीए द्दण्द्दछ) अन्तर्गत कांस्य पुरस्कार प्राप्त गरेको छ । उक्त पुरस्कार बैङ्कले तयार पारेको

The current image has no alternative text. The file name is: mbl.jpg

बैङ्कको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासको आधारमा प्रदान गरिएको हो । 

काठमाडौंमा आयोजित एक औपचारिक समारोहमा बैङ्कका नायव महाप्रबन्धक सुभाष जमरकट्टेलले उक्त पुरस्कार ग्रहण गरेका हुन् । यस सम्मानले माछापुच्छ्रे बैङ्कले संस्थागत सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिवेदन मापदण्डहरू अवलम्बन गर्दै सरोकारवालाप्रति उत्तरदायी रहन गरेको निरन्तर प्रयासलाई थप उचाइमा पुर्‍याउन मद्दत गर्ने विश्वास बैङ्कले लिएको छ ।

माछापुच्छ्रे बैङ्कले आधुनिक प्रविधिमा आधारित सुरक्षित, सहज तथा ग्राहकमैत्री बैंकिङ सेवा विस्तार गर्दै देशभर आफ्नो सेवा सञ्जालमार्फत वित्तीय समावेशीकरण र दिगो आर्थिक विकासमा निरन्तर योगदान पु¥याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्