Logo
Logo

पूर्णबहादुर खड्काले इतर पक्षको सम्पर्क कार्यालयमा बोलाए विस्तारित बैठक 


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले इतर पक्षको सम्पर्क कार्यालयमा विस्तारित बैठक बोलाएका छन् । 

The current image has no alternative text. The file name is: purnabahadur-khadka.jpg

खड्काले काठमाडौँको चुनदेवीस्थित सम्पर्क कार्यालयमा सोमबार दिउँसो २ बजे विस्तारित बैठक बोलाएका हुन् । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले चुनदेवीमा सम्पर्क कार्यालय खोलेका छन् । 

विस्तार बैठकमा कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र काठमाडौंमा उपलब्ध जिल्ला सभापतिलाई बोलाइएको छ । देउवा पक्षका एक नेताका अनुसार, विस्तारित बैठकले राष्ट्रिय भेलाको तिथि मिति तय गर्नेछ ।यसअघि शुक्रवार खड्का निवासमा इतर पक्षका नेताहरूको बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्