Logo
Logo

पर्वतमा सुख्खा पहिरोले घर पुरिँदा च्यापिएका वृद्धको उद्धार


189
Shares

पर्वत । पर्वतको जलजला गाउँपालिका-७ लामाबगरमा सुख्खा पहिरोले घर पुरिँदा च्यापिएका ६५ वर्षीय आत्माराम आचार्यको सकुशल उद्धार गरिएको छ ।

The current image has no alternative text. The file name is: udar-1.jpg

आज बिहान माथिबाट ढुङ्गामाटोसहितको पहिरो खस्दा आचार्य घरभित्र च्यापिएका थिए । उद्धार टोलीले उनलाई सुरक्षित स्थानमा निकालेको हो । आचार्यको दाहिने आँखामाथि र टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ । थप उपचारका लागि उनलाई प्रदेश अस्पताल बेनी, म्याग्दी पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्