Logo
Logo

सय दिनमा ६६६ जना बिचौलिया नियन्त्रणमा


63
Shares

काठमाडौं । सरकारले आज सय दिने उपलब्धि सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा आज शनिवार पत्रकार सम्मेलन गरी सरकारले गरेका कामहरूको समीक्षा सहित सय दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरिएको हो ।

The current image has no alternative text. The file name is: sasmit-pokharel.jpg

सरकारले सय दिनभित्र ६६६ बिचौलियालाई नियन्त्रणमा लिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । उनले सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी प्राप्त भएको बताए भने राष्ट्रिय सदाचार नीति २०८३ जारी गरिएको समेत बताए । पोखरेलले १० वटा सहकारीबाट २ करोड ६३ लाख ९० हजार बचत फिर्ता दिइएको जानकारी दिए ।

मल, औषधि तथा अत्यावश्यक औषधि खरिदलाई सहजीकरण गर्न सार्वजनिक खरिद दोस्रो संशोधन सङ्घीय संसद्मा पेस भएको जानकारी समेत उनले दिए । सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी प्राप्त भएको सरकारको प्रगति विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्