Logo
Logo

सरकारले भन्यो-४६५ सुकुम्वासी परिवारलाई राहत दिइसक्यौँ


63
Shares

काठमाडौं । सरकारले काठमाडौंका विभिन्न सुकुम्वासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान गरिएको जानकारी गराएको छ । 

The current image has no alternative text. The file name is: sukumbasi.jpg

सरकार गठनको सय दिन पूरा भएको अवसरमा शनिवार आयोजित पत्रकार सम्मेलनमा विस्थापित सुकुम्वासी परिवारमध्ये ४६५ परिवारलाई राहत रकम प्रदान गरिएको जानकारी  दिइएको हो । 

सरकारका अनुसार उनीहरूलाई ५ जेठमा मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअुनसार प्रति परिवार २५ हजार रुपैयाँका दरले राहत रकम प्रदान गरिएको जानकारी दिइएको हो ।

११ वैशाखमा सहरी विकास मन्त्रालयले गरेको निर्णय अनुसार काठमाडौंका १७ सुकुम्वासी बस्तीबाट दुई हजार ६०८ परिवार विस्थापनमा परेका थिए ।

ती मध्ये ३८८ परिवारलाई सरकारले विभिन्न ‘होल्डिङ सेन्टर’ मा राखेको छ । विस्थापनमा परेका दुई हजार २२० परिवार ‘होल्डिङ सेन्टर’ भन्दा बाहिर नै रहेका पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्