Logo
Logo

देउवा समूहले चुनदेवीमा खोल्यो सम्पर्क कार्यालय, खड्काले गरे उद्घाटन


63
Shares

काठमाडौं । नेपाली काँग्रेसको पूर्वसभापति शेरबहादुर देउवा पक्षले सम्पर्क कार्यालय खोलेको छ । सोमवार काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालयको औपचारिक उद्घाटन नेता पूर्णबहादुर खड्काले गरे । उद्घाटनपछि सम्पर्क कार्यालयमै १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्य समितिको बैठक पनि बसेको छ ।

बैठकमा काँग्रेसलाई आगामी दिनमा थप मजबुत बनाउँदै लैजानेबारे छलफल भएको नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए । नेपाली काँग्रेस विगतमा पनि देशको ठूलो पार्टी रहेको र अहिले केही खस्किएको भएपनि आगामी दिनमा अझ ठूलो बनाएर लैजाने उनको प्रतिवद्धता छ ।

उनले भने, ‘नेपाली काँग्रेस पार्टीलाई आगामी दिनमा थप मजबुत बनाउँदै लैजान, थप एकतावद्ध बनाउँदै लैजान र नेपाली काँग्रेस पार्टीलाई यो मुलुकको हिजो पनि पहिलो पार्टी थियो र आज पनि आज हामी केही खस्किएका छौं । भोलिका दिनमा ठूलो पार्टी बनाएर लैजानका लागि पनि लैजानका लागि पनि हामी प्रतिवद्धता व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्