
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी–व्यवसायीसँग छलफल गर्ने भएका छन् । उनले छलफलका लागि उद्योगी–व्यवसायीलाई आज बिहान ११ बजे हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बोलाएका छन् ।
चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले प्रधानमन्त्रीसँग छलफलका लागि आज बोलाइएको जानकारी दिए ।
छलफलका लागि चेम्बर अफ कमर्सका साथै नेपाल उद्योग वाणिज्य महासंघका नेतृत्वकर्ता तथा पदाधिकारीलाई पनि मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ ।














