Logo
Logo

पाँच जना चालक दलका सदस्य बोकेर उडेको पाकिस्तानी विमान बेपत्ता


63
Shares

एजेन्सी । शारजाहबाट कराँची उडेको पाकिस्तान के२ एयरवेजको कार्गो विमान (बोइङ ७३७) अचानक बेपत्ता भएको छ ।

पाँच जना चालक दलका सदस्य बोकेर उडेको जहाज अचानक बेपत्ता भएको हो । पाकिस्तान विमानस्थल प्राधिकरणलाई मंगलबार पाकिस्तानी समयअनुसार राति ९ः१८ बजे विमानको नेभिगेसन प्रणालीमा खराबी भएको सूचना प्राप्त भएको थियो ।

यसपछि तुरुन्तै कराँची क्षेत्र नियन्त्रण केन्द्रले विमानको निगरानी थालेको थियो । यद्यपि राति ९ः२१ बजे राडारमा विमान द्रुत गतिमा ओर्लिरहेको देखाएको थियो तर यसको दिशा अचानक परिवर्तन भयो ।

त्यसको केही समयपछि कराँचीबाट लगभग १५५ समुद्री माइल पश्चिममा विमानसँगको राडार र रेडियो सम्पर्क पूर्ण रूपमा विच्छेद भएको बताइएको छ ।

बीबीसी उर्दु सेवाका अनुसार बेपत्ता विमान खोज्न पाकिस्तानी नौसेना, वायुसेना र अन्य एजेन्सी खटिएका छन्। पाकिस्तानी नौसेना जहाज पीएनएस जुल्फिकार पनि घटनास्थल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्