Logo
Logo

बिराटनगर स्थित भाट-भटेनी सुपर स्टोर भोलीदेखि पुनः सञ्चालनमा आउने


126
Shares

काठमाडौं । भाट-भटेनी सुपर मार्केट प्रालिले बिराटनगर स्थित भाट-भटेनी सुपर स्टोर भोली आषाढ २७ गतेदेखी  औपचारिक रूपमा पुनः सञ्चालनमा ल्याउने भएको छ ।  

The current image has no alternative text. The file name is: bhatbhateni.jpg

जेनजी आन्दोलनको क्रममा क्षति पुगेको संरचना पुनर्निर्माण भएसँगै पुनः दैनिक रूपमा नियमित सेवा प्रदान गर्न लागिएको भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए ।

पौडेलले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता रहेको बताएका छन् ।  भाट-भटेनीले ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस्