Logo
Logo

कतारमा नेपालीलाई रोजगारको ढोका खोलिदिने ‘फादर अफ अमिर’ हमादको निधन


63
Shares

काठमाडौं । कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ । कतारको अमिरी दिवानले जनाए अनुसार उनको आज निधन भएको हो ।

The current image has no alternative text. The file name is: qatar.jpg

आइतबार जारी गरिएको विज्ञप्तिमा अमिरी दिवानले भनेको छ, ‘ईश्वरको विधान र नियतिप्रति दृढ आस्थाका साथ अमिरी दिवान राष्ट्रका लागि ठूलो क्षति मानिने फादर अमिरु (पूर्व अमिर) महामहिम शेख हमाद बिन खलिफा अल थानीको निधनप्रति शोक व्यक्त गर्दछ, उहाँको आज बिहान निधन भएको हो र ईश्वरले उहाँप्रति कृपा गरून् ।’

उनको कार्यकाललाई कतारको आर्थिक, सामाजिक र कूटनीतिक रूपान्तरणको कालखण्डका रूपमा लिइन्छ ।  उनले सानो खाडी मुलुकलाई विश्वको प्रभावशाली राष्ट्रमध्ये एकमा रूपान्तरण गरेका थिए । उनकै पालामा कतारमा नेपाली दूतावास स्थापना भएको थियो ।  

उनकै पालमा सन् २००६ मा नेपाल र कतारबीच श्रम सम्झौता भएको थियो । श्रम सम्झौता गरेर नेपाली श्रमिक लैजाने कतार खाडीमा पहिलो राष्ट्र हो । कतारमा कुल जनसङ्ख्याको १२.५ प्रतिशत नेपाली श्रमिक छन् । वैदेशिक रोजगार विभागका अनुसार कतारमा श्रमस्वीकृति गरेर जाने नेपालीको संख्या १९ लाख जना भन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस्