Logo
Logo

प्रधानमन्त्री शाह महिला उद्यमी महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै 


63
Shares

The current image has no alternative text. The file name is: balen-5.jpg

काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाहले आज महिला उद्यमीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा  छलफल गर्ने भएका छन् । 
 
केही समयपछि हुने उक्त बैठकमा महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुने प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।
 
उनका अनुसार छलफलमा महिला उद्यमी महासङ्घका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुने छन् । 

प्रतिक्रिया दिनुहोस्