Logo
Logo

नागढुंगा-मुग्लिन-नारायणगढ गडकमा चल्न थाले गाडी


189
Shares

काठमाडौं । पहिरो खसेपछि रातभर अवरुद्ध बनेको नागढुंगा-मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्डमा आज बिहानबाट गाडी चल्न थालेका छन् । 

The current image has no alternative text. The file name is: muglin-1.jpg

विभिन्न स्थानमा खसेको पहिरो पन्छाएपछि यस सडक खण्डमा शुक्रवार बिहानबाट दुईतर्फी नै गाडी चल्न थालेका हुन् । बिहीबार साँझ धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित जवाङ खोला नजिक तिग्राङ खानी क्षेत्रमा पहिरो खसेपछि रातभर पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द गरिएको थियो ।

रातभर रोकिएका सवारी साधन अहिले सुचारु भएका प्रहरीले जनाएको छ । तर पहिरोका कारण सडक क्षेत्रमा जोखिम कायमै रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय धादिङले यात्रु, सवारी चालक तथा सरोकारवालालाई आवश्यक सहयोग, समन्वय र जानकारीका लागि नेपाल प्रहरीको हटलाइन नम्बर १००, सशस्त्र प्रहरी बल नेपालको नम्बर १११४, जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको नम्बर १२३४ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्