Logo
Logo

नारायणगढ-मुग्लिन सडकमा राति १० बजेपछि सवारी आवागमन बन्द


189
Shares

काठमाडौं । नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आइतबार राति १० बजेदेखि बन्द गर्ने हुने भएको छ । जिल्लाका विभिन्न स्थानसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ–मुग्लिन–काठमाडौं सडक राति १० बजेपछि बन्द रहने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातको समयमा सवारी सञ्चालन राखिरहँदा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी बन्द गरिएको उल्लेख छ । प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमन बन्द रहेको जनाएको छ ।

रातिमा सवारीसाधन र यात्रा गर्दा स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायसँग समन्वय गरी मात्रै गर्न सूचनामा अनुरोध गरिएको छ । वर्षातका कारण शनिबार रातिसमेत यो सडक बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्