Logo
Logo

देउवा पक्षले गगन थापालाई पठायो पाँच बुँदे प्रस्ताव


2.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापालाई देउवा समूहले पाँच बुँदे प्रस्ताव गरेको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी, सदस्य, प्रदेश समितिका सभापति, जिल्ला सभापतिसहितको बैठकले नयाँ प्रस्ताव पठाएको हो ।

The current image has no alternative text. The file name is: congress-deuba-team-purnabahadur-khadka.jpg

अलग्गै भेलाको तयारी गरिरहेको देउवा समूहले अन्तिम प्रयासको रूपमा नयाँ प्रस्ताव पठाएको बताइएको छ ।  देउवा समूहले सहमति नभएमा अलग्गै दल बनाएर अगाडी जाने तयारी समेत गरिसकेको छ ।  

पाँच बुँदे प्रस्ताव :

१- चौधौं महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने ।

२- सभापति गगनकुमार थापाको बहुमत रहनेगरी कार्यसम्पादन समिति बनाउने ।

३-पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने ।

४- वर्तमान संस्थापन पक्षको वहुमत रहनेगरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरू बनाउने ।

५- महाधिवेशनको लागि सबैभन्दा महत्वपूर्ण आधार पार्टीको क्रियाशील सदस्यता भएकोले यसका लागि पार्टीभित्र विवाद हुनुपहिले नै वर्तमान सभापति गगनकुमार थापा (तत्कालीन महामन्त्री)संयोजक रहेको समितिले टुङ्ग्याएका सबै क्रियाशील सदस्यलाई १५ औँ महाधिवेशनमा स्वतस् सहभागि हुन पाउने व्यवस्था गरी उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने । डिजिटल इन्ट्रीलाई पुनस् नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने–नपाउने विषयसँग नजोड्ने ।

प्रतिक्रिया दिनुहोस्