Logo
Logo

राष्ट्रियसभा अन्तर्गतका तीन समितिको बैठक बस्दै


315
Shares

काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गतका तीन समितिको बैठक बस्दै छ । आज सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

The current image has no alternative text. The file name is: Sanghiya-Samsad-17.jpg

आज दिउसो साढे २ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षा सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै बिहान ११ बजेदेखि बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफलको कार्यसूची रहेको छ । 

त्यस्तै बिहान ११ बजेदेखि बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा अभिमुखीकरण कार्यक्रम बारे छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्