काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर स्टन्ट शैलीमा यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । गुप्ता रास्वपाबाट सिरहा क्षेत्र न १ का प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्रीसमेत हुन् ।

सिरहा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री गुप्ताको सार्वजनिक भएको भिडियोमा उनी गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर मोबाइल चलाइरहेको देखिन्छ ।
भिडियोमा उनले हेल्मेटसमेत नलगाएको देखिएपछि सडक सुरक्षाका आधारभूत नियम उल्लङ्घन गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।














