काठमाडौं । सरकारको सङ्घीय सांसदलाई स्वकीय सचिव राख्ने निर्णयविरुद्ध अदालतमा रिट दर्ता भएको छ । सर्वोच्च अदालतमा अधिवक्त प्रेमराज सिलवालले रिट दर्ता गरेका हुन् । सिलवालले दर्ता गरेको रिटको ११ साउनमा पेसी तोकिएको छ ।

सिलवालले रिटमा प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र सभामुखलाई विपक्षी बनाएका छन् ।
जेनजी विद्रोहको आडमा बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारले स्वकीय सचिव हटाउने निर्णय गरेको थियो । निर्वाचन पछि बनेको बालेन शाह नेतृत्वको सरकारले उक्त निर्णयलाई उल्टाएर सांसदलाई स्वकीय सचिवको व्यवस्था गरेको हो । ४ साउनमा नेपाल राजपत्रमा सूचनासमेत प्रकाशित भएको थियो ।














