काठमाडौं । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई-मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन् । उनी नेपाल सरकारका उपसचिव हुन् ।

३ साउनमा बुद्ध एयरको विमानमा विराटनगरबाट काठममाडौं आउने क्रममा उनलाई पक्राउ परेका थिए । उनी पक्राउ परेको विषय प्रहरीले शुक्रवार मात्रै सार्वजनिक गरेको हो ।
दोलखाको भीमेश्वर नगरपालिका-९ घर भएका तामाङको झोलामा १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान नोट गरी ६ लाख ६५ हजार रुपैयाँ फेला परेपछि प्रहरीले रकमको स्रोतको खोजी गरेको थियो । स्रोत खुलाउन नसकेपछि विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको थियो । पक्राउ पर्दा बरामद भएको रकमको स्रोत पुष्टि गर्न नसकेका कारण नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।
यसअघि भूलवश मिक्मार तामाङको तस्बिर गलत रूपमा प्रयोग भएकाले उक्त त्रुटि सच्याइएको छ। यसबाट सम्बन्धित व्यक्ति, परिवार तथा पाठकवर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ। भविष्यमा यस्ता त्रुटि नदोहोरिने गरी थप सतर्क रहने प्रतिबद्धता व्यक्त गर्दछौँ।- सम्पादक














