काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, आफ्नो दलबाट रहेका मुख्यमन्त्री, प्रदेश संसदीय दलका नेताहरूसँग छलफल गरेको छ ।

सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेलसहितले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित प्रदेश सभापतिहरूसँग छलफल गरेका हुन् ।
कांग्रेसले पछिल्लो समय बदलिएको केन्द्रीय राजनीतिक परिवेशमा प्रदेशमा राजनीतिक भूमिका निर्वाह गर्ने सन्दर्भमा पार्टीका नेताहरूसँग छलफल गरेको हो । नेकपा एमाले र नेकपाले प्रदेशमा सत्ता गठबन्धनको सहमति गरेसँगै कांग्रेसले आफ्नो रणनीति तय गर्न प्रदेशका सभापति र मुख्यमन्त्रीहरूसँग छलफल गरेको हो ।














