Logo
Logo

नागढुङ्गा सुरुङमार्ग उद्घाटन अघि स्थानीयको विरोध


1.3k
Shares

काठमाडौं । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै छ ।  पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गर्न लागिएको हो । उद्घाटनपछि निर्माणपक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।

The current image has no alternative text. The file name is: birodha.jpg

सुरुङमार्गको उद्घाटन भइरहँदा चन्द्रागिरि नगरपालिकामा भने स्थानीयले विभिन्न माग राखेर विरोध प्रदर्शन गरेका छन् । नागढुङ्गा सुरुङमार्ग पीडित सङ्घर्ष समितिले आफ्ना समस्याहरू सम्बोधन हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन् । 

पीडित बासिन्दाहरूले आकाशेपुल यथाशीघ्र निर्माण गर्नुपर्ने र सडक पेटी फराकिलो बनाउनुपर्ने माग गरेका छन् । आयोजनाबाट प्रभावित पीडितहरूलाई रोजगारी सुनिश्चित गर्नुपर्ने उनीहरुको माग छ । 

यस्तै जेब्रा क्रसिङ तथा ट्राफिक लाइटको उचित व्यवस्था हुनुपर्ने र फ्लाई ओभरको काम यथाशीघ्र सुरु गर्दै त्यसको नामाकरण ‘किसिपिडी फ्लाई ओभर’ गरिनुपर्ने माग सङ्घर्ष समितिले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्