Logo
Logo

प्रश्न सोध्नेलाई रास्वपा सांसद केपी खनालले दिए खोरमा जाक्ने धम्की !


693
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनाल फेरि अर्को विवादमा परेका छन् । खनालले मतदातामाथि रुखो व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

The current image has no alternative text. The file name is: kp-kkkk.jpg

भिडियोमा सांसद खनालले मतदानलाई संवादका क्रममा रुखो व्यवहार गरेका छन् । आफ्नो भाषण सुन्न आएका मतदाताले प्रश्न उठाएपछि खनालले प्रमाण देखाउन चेतावनी दिँदै धम्क्याएको भिडियोमा देखिन्छ ।

उनले आफूलाई प्रश्न सोध्नेलाई भनेका छन्, ‘कल्ले भन्यो, प्रमाण छ ? हाल्छु, जाक्छु समातेर अनि थाहा हुन्छ । कल्ले भन्यो, कल्ले भन्यो रु यस्ता मान्छेलाई त तपाईँले सदस्यमा राख्नुभएको छ ।’

त्यसपछि अन्य कार्यकर्ता ती प्रश्न सोध्नेमाथि कडा शैलीमा प्रस्तुत हुन्छन् । र फेरि खनाल बोल्छन्, ‘यस्तो पदलाई लापरबाही गर्ने तपाईँ ?’

भिडियोमा विवादको विषयबारे स्पष्ट बुझिएको छैन । यद्यपि, सांसद खनालले प्रश्न गरेकै कारण जनतामाथि रुखो व्यवहार गरेको प्रस्ट देखिएको छ । सांसद खनालले बोलेका यी भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका छन् । धेरैले उनको प्रस्तुत शैलीको आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्