काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता भएको छ ।

आङदेम्बेले सोमबार बिहान शीतलनिवासमा राष्ट्रपति पौडेलसँग करिब एक घण्टा भेटवार्ता गरेका हुन् । भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको आङदेम्बेको सचिवालयले जनाएको छ ।
यससँगै आङदेम्बेले देशका विभिन्न स्थानमा गएको बाढीपहिरोको, प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन् ।
भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताको आवश्यकता औंल्याउँदै कानुन निर्माणमा संसद्को प्रभावकारिता बढाउनुपर्नेमा जोड दिएका थिए ।














