Logo
Logo

सुनसरीको देवानगञ्जमा दुई समूहबीच फेरि झडप


0
Shares

विराटनगर । आइतबार राति दुई समूहबीच विवादपछि असान्त बनेको सुनसरीको देवानगञ्ज बजारमा मंगलबार राति दोहोरो झडप भएको छ । देवानगञ्ज–३ स्थित देवानगञ्ज बजारमा मंगलबार राति करिब ८ बजेबाट झडप सुरु भएको हो ।

बजार क्षेत्रमा दुई पक्षबीच भइरहेको झडप नियन्त्रणमा लिनका लागि प्रहरीलाई सकस परेको छ । दुवै पक्ष घरेलु हतियारसहित बजारमा निस्किएपछि झडप भएको फिल्डमा खटिएका एक प्रहरीले बताए ।

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले झडप नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्