Logo
Logo

जनकपुरमा पनि लगाइयो कर्फ्यू


189
Shares

काठमाडौँ । स्थिति नियन्त्रणबाहिर जान सक्ने अवस्था देखिएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

आज जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार जनकपुरधामका तोकिएका क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो। प्रशासनका अनुसार कर्फ्यू आदेश आज दिउँसो ३ बजेर ३० बजेदेखि लागू हुनेछ।

प्रशासनले शान्ति–सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु आदेश जारी गरिएको जनाएको छ।

कर्फ्यू लागू हुने क्षेत्र र अन्य विवरण जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचनामार्फत सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्