Logo
Logo

मधेशमा तनाव बढेपछि मधेश केन्द्रित दलका शीर्ष नेताहरू छलफलमा जुटे


693
Shares

काठमाडौं । मधेशमा तनाव बढ्दै गएपछि मधेश केन्द्रित दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन्।

राष्ट्रिय मुक्ति पार्टी नेपालको कार्यालयमा मधेशमा पछिल्लो समय बिग्रँदै गएको सुरक्षा परिस्थिति र साम्प्रदायिक संवेदनशीलताबारे नेताहरू छलफलमा जुटेका हुन्।

छलफलमा जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्त ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, पूर्वमन्त्री लक्ष्मणलाल कर्ण, जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष जयकान्त राउत, संविधानसभा सदस्य रामकुमार शर्मालगायत सहभागी छन्।

सुनसरीबाट फैलिएको हिंसा भड्किएपछि अहिले मधेश तनावग्रस्त बनेको छ। मधेशमा देखिएको समस्या समाधानको लागि साझा धारणा बनाउन मधेश केन्द्रित दलका शीर्ष नेताहरू छलफलमा बसेका हुन्।

प्रतिक्रिया दिनुहोस्