काठमाडौं । प्रधानमन्त्री बालेन शाह राष्ट्रपति रामचन्द्र पौडैल भेट्न शितल निवास पुगेका छन् ।

तराई मधेशमा भएको तनावका विषयमा राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री बालेन राष्ट्रपति पौडैललाई भेट्न शितल निवास पुगेका हुन् ।
आज मात्रै राष्ट्रपति पौडेलले पनि सामाजिक सद्भाव कायम राख्न अपिल गरेका थिए । प्रधानमन्त्री भएपछि उनी अहिले सम्म राष्ट्रपतिलाई शिष्टाचार भेट गर्न गएका थिएनन् । राष्ट्रपतिलाई समेत नभेटेकोमा उनको निकै आलोचना भइरहेको थियो ।














