Logo
Logo

धनुषामा मन्दिरमा सुतिरहेका एक जनाको हत्या


1.8k
Shares

काठमाडौं। धनुषाको सबैला नगरपालिका- १२ रघुनाथपुरमा एक व्यक्तिको गएराति हत्या भएको छ । हंसपुर नगरपालिका-३ मलहनिया घर भई रघुनाथपुरको फूपुको घरमा बस्दै आएका करिब ४५ वर्षीय बन्ठु राउत गडेरीको हत्या भएको हो । 

The current image has no alternative text. The file name is: dhanusa-1.jpg

स्थानीयका अनुसार खाना फूपुको घरमा खाएर राति हनुमान मन्दिरमा सुतिरहेको बेला हत्या भएको छ । उनी हरेक दिन सुत्न मन्दिरमा जाने गरेको स्थानीयले बताएका छन् । प्रहरी अहिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको र शव मन्दिरमा नै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्