Logo
Logo

स्मार्ट सेल घोटाला प्रकरण: दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ


504
Shares

काठमाडौं । स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराले उनीमाथि स्मार्ट सेल घोटाला प्रकरणमा अनुसन्धान हुने बताए ।

स्मार्ट सेलको सम्पत्ति बेचेर राज्यलाई हानी नोक्सानी पुर्‍याएको आरोप उनीमाथि छ ।
रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा भण्डारी विज्ञको रूपमा उनको सचिवालयमा नियुक्त भएका थिए । टेरामक्स प्रकरणमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल भ्रष्टाचार मुद्दाका कारण निलम्बित भएपछि भण्डारी उक्त पदमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्