Logo
Logo

जनकपुरमा पनि हट्यो कर्फ्यु, निषेधाज्ञा जारी


0
Shares

जनकपुरधाम । जनकपुरधाममा सद्भाव र्‍यालीपश्चात कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको छ । अवस्था तनावग्रस्त बनेपछि गत बिहीबार दिउँसो ३:३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो ।

आज बिहान १० बजेदेखि भने कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुटेलले जानकारी दिए । सुनसरी घटनापछि जनकपुरधामसहित मधेशका जिल्लाहरुमा विरोध प्रदर्शन भएको थियो । प्रदर्शन रोक्न स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।

यसअघि सुनसरी र सिरहाको लहानमा पनि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्