Logo
Logo

माइतीघरपछि जमल डुबानको कारण खोज्दै काठमाडौं महानगर


126
Shares

काठमाडौँ । बर्खायाममा काठमाडौंको जमल क्षेत्रमा वर्षेनी हुने डुबानको कारण पत्ता लगाउन काठमाडौं महानगरपालिकाले स्थलगत प्राविधिक अध्ययन सुरु गरेको छ।

प्रारम्भिक अध्ययनले जमलमा विभिन्न स्थानबाट ठूलो परिमाणमा पानी आए पनि त्यसको निकासका लागि पर्याप्त क्षमताको ढल प्रणाली नभएकै कारण डुबान हुने देखाएको छ।

महानगरको विपद् व्यवस्थापन विभागको नेतृत्वमा शुक्रबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल०, आयोजना कार्यान्वयन निर्देशनालय, महानगरको सार्वजनिक निर्माण विभाग, महानगर प्रहरी र स्थानीय बासिन्दासहितको टोलीले जमल क्षेत्रमा स्थलगत निरीक्षण गरेको हो।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कान्तिपथ क्षेत्रमा पानी निकाससँग सम्बन्धित सबै निकायबीच समन्वय गरी डुबानको प्राविधिक कारण पहिचान गर्न र समाधानसहितको प्रतिवेदन तयार गर्न निर्देशन दिएपछि टोली अध्ययनका लागि पुगेको थियो।

अध्ययनका क्रममा जमल क्षेत्रमा चार फरक दिशाबाट आउने पानी एउटै स्थानमा जम्मा हुने तर त्यसको निकास भने निकै सानो क्षमताको ढलबाट हुने तथ्य भेटिएको छ।

प्रतिक्रिया दिनुहोस्