काठमाडौँ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको बजार अनुगमनका क्रममा ४० किलोभन्दा बढी खान अयोग्य मासु बरामद गरिएको छ ।

नगरपालिकाले बुधबार नगरभित्रका विभिन्न मासु पसलमा गरेको अनुगमनका क्रममा उपभोगका लागि अनुपयुक्त अवस्थामा राखिएको मासु फेला परेपछि तत्काल बरामद गरी नष्ट गरेको हो ।
नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख मुक्तिराम खनालका अनुसार बरामद गरिएको मासु व्यवसायी तथा अनुगमन टोलीको रोहबरमा खाल्डो खनी वातावरणमैत्री ढंगले नष्ट गरिएको छ ।
उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने अखाद्य तथा गुणस्तरहीन खाद्य वस्तुको बिक्री वितरण रोक्न नियमित रूपमा बजार अनुगमनलाई प्रभावकारी बनाइएको नगरपालिकाले जनाएको छ ।














