Logo
Logo

आज दिनभर गोलबजारको कर्फ्यू खुकुलो हुने


315
Shares

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका बजार क्षेत्रमा जारी कर्फ्यू आदेश आज बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि खुकुलो गरेको छ।

प्रशासनले स्थानीय परिस्थितिको थप मूल्यांकनपछि कर्फ्यू थप खुकुलो पार्ने वा पूर्ण रूपमा हटाउने सम्बन्धमा पुनः सूचना जारी गर्ने जनाएको छ ।

कर्फ्यू खुकुलो गरिएको अवधिमा गोलबजार क्षेत्र हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधनलाई आवश्यक सहजीकरण गरिने पनि सूचनामा उल्लेख छ।

यस्तै, कर्फ्यू खुकुलो रहेको समयमा पाँच जनाभन्दा बढी व्यक्तिको समूहमा भेला हुन नपाइने भन्दै प्रशासनले सबैलाई उक्त व्यवस्था पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्