काठमाडौं । आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गरेको आमरण अनशनको पाँचौँ दिन नर्सहरूले काठमाडौँको वीर अस्पतालमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चित, श्रमशोषणको अन्त्य लगायतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा जोखिम, नर्सिङ सुधारको स्पष्ट रोड म्याप, नर्स बचाऔँ स्वास्थ्य बचाऔँ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।














