काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले उपसभामुख रबीकुमारीको आलोचना गरेका छन्। उपसभामुख ठाकुरले पदमा पुगेपछि पार्टीको योगदानलाई सम्मान गर्न नसकेको आरोप लगाए ।

हालै पार्टीको एक कार्यक्रममा बोल्दै उनले भने, ‘कहाँको मान्छेलाई जिताएर आँसु पसिना बगाएर श्रमदाताले लिएर आए, नेपाली नागरिकले भोट हाले, पदमा पुगेपछि त पाँच जना पार्टीले सिफारिस गरेको कर्मचारी पनि आर्मी लगाएर निकाल्ने अनि त्यस्तो रुबी चाहिँदैन।’
श्रम संस्कृति पार्टीकै काँधमा चढेर विभिन्न सार्वजनिक पदमा पुगेका नेताहरूले पार्टीको सिद्धान्त र नीतिअनुसार काम गर्नुपर्ने उनको भनाइ छ।
पार्टी संस्थागत रूपमा चल्न नसके संसारको कुनै पनि शक्तिले जोगाउन नसक्ने उनको भनाइ छ।
उनले भने, ‘पशुपतिमा पूजा गर्ने पनि त नियम हुन्छ। एउटा शौचालयमा मान्छे जाँदा पनि पालोले जाने नियम हुन्छरु यो पार्टी यो पार्टी देश बनाउने पार्टी हो। तर तीनवटा सर्त हामीले अहिले छोड्नुहुँदैन। पहिलो, एक नम्बरको पार्टी बनाउने, दोस्रो, अध्यक्षलाई प्रधानमन्त्री बनाउने र तेस्रो, सर्वमान्य नेता बनाउने सर्तमा यो पार्टी संस्थागत र प्रणालीमा चल्नैपर्छ। संस्थागत र प्रणालीमा चलिएन भने यो तीनवटै काम हुँदैन। गाह्रो हुन्छ।’
उनले पार्टी अध्यक्षले बोलेको कुरा एउटा शुभेच्छुकले बोल्नुपर्ने उनको भनाइ छ।
‘














