Logo
Logo

पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक दुईतर्फी अवरुद्ध


0
Shares

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ ।

The current image has no alternative text. The file name is: muglin-1.jpg

सडक डिभिजन भरतपुरका अनुसार सडकको सिमलताल नजिक पहिरो खस्दा दुवैतर्फको सवारी आवागमन रोकिएको हो ।

पहिरो पन्छाउन सडक डिभिजनका उपकरण परिचालन गरिसकिएको जनाइएको छ । सडक पूर्ण रूपमा सञ्चालनमा आउन करिब एक घण्टा लाग्ने अनुमान गरिएको छ ।

सडक डिभिजनले उक्त सडकखण्ड भएर यात्रा गर्ने चालक तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन र वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्