Logo
Logo

ब्रोड पिकमा ज्यान गुमाएका गुरुङको शव आज काठमाडौं आइपुग्ने


378
Shares

काठमाडौं। पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव आज दिउँसो काठमाडौं आइपुग्ने भएको छ ।गुरुङको शव आज कतार एयरवेजको विमानमार्फत दोहा हुँदै काठमाडौं ल्याउन लागिएको हो । शव काठमाडौं आइपुगेपछि श्रद्धाञ्जली कार्यक्रम तय गर्ने नेपाल पर्वतारोहण सङ्घले तयारी गरेको छ । 

The current image has no alternative text. The file name is: purba-gurung.jpg

यही दुर्घटनामा ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को शव भने नेपाल ल्याउने वा उनको पारिवारिक बसोबास रहेको बेलायत लैजाने भन्नेबारे निर्णय नभएको बताइएको छ । 

पुर्जाको शव दुर्घटनाको सातौं दिन अत्यन्त कठिन र जोखिमपूर्ण उद्धार अभियानपछि बुधवार मात्र हिमालबाट सुरक्षित रूपमा आधार शिविर झारिएको थियो ।  उद्धार टोलीको नेतृत्व सांसद तथा पर्वतारोही मिङ्मा डेभिडले गरेका थिए भने सिरबाज खानसहितको टोलीले अभियान सम्पन्न गरेको थियो ।  उद्धारमा पाकिस्तान सेना, पाकिस्तान सरकार, गिलगिट–बाल्टिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाल दूतावास तथा अल्पाइन क्लब अफ पाकिस्तानलगायत विभिन्न निकायले सहयोग गरेका थिए ।

अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार पहिलो चरणको उद्धारमा एक नेपालीसहित २ आरोहीको शव र एक आरोहीको अवशेष संकलन गरिएको थियो ।  नेपाली आरोही ग्यालु शेर्पाको शव संकलन शनिवार गरिएको थियो । आइतबार थप ४ आरोहीको शव पहिचान गरिएको थियो । तीमध्ये निम्स दाइ, वाङ झोङ, निमा शेर्पा र किलु पेम्बा रहेका थिए । पाकिस्तानी आरोही सोहेल साकी र अमेरिकी आरोही म्यालोरी गाइसको खुट्टाबाहेकको शरीर अझै फेला नपरेको क्लबले उल्लेख गरेको छ । अझै बेपत्ता रहेका पर्वतारोहीका खोजी र उद्धारका लागि सम्भव सबै प्रयास जारी राखिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्