Logo
Logo

शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने, १५ बुँदे निर्णय सार्वजनिक


0
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघले भदौबाट आन्दोलन गर्ने भएको छ । शिक्षक महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले भदौबाट आन्दोलन गर्ने निर्णय गरेको हो ।

महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी भदौबाट आन्दोलन गर्ने लगायतका १५ बुँदे निर्णय सार्वजनिक गरेको छ ।आन्दोलनको मिति र कार्यक्रम तय गर्ने अधिकार परिषद्‍बाट विस्तारित कार्यादलीय बैठकलाई प्रत्यायोजित गरिएको महासंघले जनाएको छ ।

विगतका र समसामयिक नयाँ शैक्षिक तथा पेसागत माग समेत समावेश गरी भदौदेखि आन्दोलन गर्ने निर्णय भएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्