Logo
Logo

सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ


504
Shares

काठमाडौं । सर्वोच्च अदालतले गुण्डागर्दीबाट अवैध रूपमा सम्पत्ति कमाएको आरोप खेपिरहेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिएको छ ।

न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले आठ वर्षअघिको विशेष अदालतको फैसलालाई सदर गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूमाथि ७ करोड ८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाएको थियो ।

१० माघ, २०७४ मा विशेष अदालतले उनीहरूलाई सफाइ दिएको थियो । सफाइविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सर्वोच्च अदालतमा पुनरावेदन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्