काठमाडौँ । राप्रपाको काठमाडौंँ महानगरपालिकाको अधिवेशनबाट महानगर अध्यक्ष पदमा अवकाश प्राप्त वरिष्ठ प्रहरी उपरीक्षक दिपक रञ्जित निर्विरोध निर्वाचित भएका छन् ।

राप्रपा काठमाडौँ महानगरपालिकाको निर्वाचन समितिको कार्यक्रमअनुसार आज उम्मेदवारी दर्ता गर्ने समय अपरान्ह १२ बजेसम्म निर्धारित थियो ।
निर्धारित समयसम्म अध्यक्ष पदमा रञ्जितको मात्रै एकल उम्मेदवारी परेकाले रञ्जित निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी सदस्य पदका अन्य उमेदवार समेत सर्वसम्मत भएका छन् ।
प्रहरी सेवामा छँदा काठमाडौँ ललितपुर र भक्तपुरको नेतृत्व सम्हाल्ने अवसर हालसम्म दिपक रञ्जितले मात्र पाएका छन्, उनी काठमाडौँको भूगोलसँग परिचित अनुभवी अवकाशप्राप्त प्रहरी अधिकृत हुन् ।
राप्रपा काठमाडौँ महानगरको निर्वाचन कार्यक्रम सम्पन्न भएपनि घोषणासभा भोलि साउन २३ गते शनिबार बिहान ८०० बजे, अनुपम फुडल्याण्ड, बत्तीसपुतलीमा हुनेछ। घोषणा सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।














