Logo
Logo

काठमाडौँका विभिन्न क्षेत्रमा दुई दिन बत्ती जाने


1.2k
Shares

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्र र काठमाडौँ उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाले शनिबार र आइतबार विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।

रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न फिडर तथा स्थानहरूमा भूमिगत केबल जडान, चार्जिङ, पोल ठड्याउने, स्ट्रक्चर फिटिङ तथा फिडर मर्मतको काम गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुन लागेको हो।

प्राधिकरणका अनुसार साउन २३ गते शनिबार भीमसेनस्थान फिडरअन्तर्गतका टेकू, १२ वडा कार्यालय, सरस्वती स्कुल, ह्युमत, जैसीदेवलदेखि काष्ठमण्डप, २१ वडा कार्यालय, १२ वर्षे इनार, पलान्चोक भगवती तथा आसपासका क्षेत्रहरूमा बिहान ८०० बजेदेखि दिउँसो २०० बजेसम्म बत्ती जानेछ। सोही दिन डिल्लीबजार फिडरअन्तर्गतका कालिकास्थान, डिल्लीबजार, न्युप्लाजा, चारखाल, पुतलीसडक, ट्रिनिटी कलेज तथा आसपासका क्षेत्रमा बिहान १२०० बजेदेखि दिउँसो ५०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

यसैगरी साउन २४ गते आइतबार लाजिम्पाट फिडरअन्तर्गतका लैनचौर, खुर्सानीटार, पुरानो प्रचण्ड निवास, र्‍याडिसन होटेल, लाजिम्पाट मेन रोड तथा आसपासका क्षेत्रहरूमा बिहान ९ बजेदेखि दिउँसो १०० बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा समयभन्दा पहिल्यै विद्युत् सेवा सुचारु हुने प्राधिकरणले बताएको छ।

प्रतिक्रिया दिनुहोस्